झापा ११ का खेलाडीको विदाई

झापा ११ का खेलाडीको विदाई
बिर्तामोड10392459 769519583107911 7165999275751830214 n

एन्फा कप फटबल प्रतियोगितामा सहभागिता जनाउने झापा ११ का खेलाडीलाई शनिबार झापा जिल्ला फटबल संघले एक कार्यक्रमका बीच विदाई गरेको छ ।
डोमालाल रङ्गशालामा आयोजित कार्यक्रममा खेलाडीलाई खादा ओढाएर विदाई गरिएको हो । झापा ११ ले भदौ १७ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

विदाई कार्यक्रममा झापा जिल्ला फटबल संघका अध्यक्ष जलकुमार गुरुङले झापा ११ का खेलाडीको तालिम प्रशंसायोग्य भएको टिप्पणी गरे । उनले जिल्लाको पहिचानका लागि पनि खेलाडीले स्वेच्छाले तयारी गरेको दाबी गरे ।

कार्यक्रममा टावर टेम्पल स्कुलका संस्थापक नरेशमान धिमाल, इडन गार्डेन स्कुलका प्रिन्सिपल धर्मराज माझी, नेपाल खेलकुद पत्रकार मञ्चका रमेश समदर्शी, फबल संघका देवकुमार कार्की र केशवराज दाहालले खेलाडीलाई विजयीको शुभकामना दिएका थिए ।

प्रवेश कटुवालको कप्तानीमा जाने खेलाडीको टोलीमा अफिसियलका रुपमा वरिष्ठ फबल प्रशिक्षक भगिरथ आले 'मामा', व्यवस्थापक टेकराज तिलिङ र सहायक गोपाल राई रहेका छन् ।

content:-jhapali football fb page